Prakash Adhikari March 11, 2023

काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज दिउँसो साढे १ बजे पुष्पलाल पार्क (चम्पादेवी) र त्यसपछि दिउँसो साढे २ बजे भट्टराई आश्रम बाडेगाउँ पुग्ने कार्यक्रम रहेको छ।

गत बिहीबार मात्र राष्ट्रपतिमा चयन पौडेल शुक्रबारदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ।

हिजो राष्ट्रपति पौडेलले गुह्यश्वरी र पशुपतिनाथ मन्दिरको दर्शन गर्नुको साथै सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्नुभएको थियो।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आगामी सोमबार शपथ खाने र पदभार सम्हाल्ने तयारी छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि (फागुन २८ गते) सकिँदै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि ९फागुन २८ गते० सकिँदै छ।

 

Share Now

Leave a comment.