Prakash Adhikari March 11, 2023

काठमाडौं, २७ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ।

उहाँ पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल,नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गर्नुभएको थियो।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गर्नुभयो।

पौडेलले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो।

शुक्रबार नवनिर्वाचित राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो।

शुक्रबार नै पौडेलले सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर बीपी, गणेशमान र कृषणप्रसाद भट्टराई लगायत नेताहरूको सालिकमा माल्यार्पण गर्नुभएको थियो।

शुक्रवार साँझ उहाँ विश्वसम्पदा सूचीमा सुचीकृत स्वयम्भूनाथ क्षेत्रको अवलोकन र दर्शनका लागि स्वम्भू पनि जानुभएको थियो।

Share Now

Leave a comment.