Prakash Adhikari April 28, 2023

पोखरा(कास्की),१५ वैशाख । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथग्रहण संगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदमा दुई सदस्य नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा हुनुहुन्छ  ।

दुवै मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

सत्तारूढ दलहरुबीच भागबण्डा नमिलेका कारण मन्त्रीहरुको विभागीय मन्त्रालय तोकिएको छैन ।

 

Share Now

Leave a comment.