Prakash Adhikari May 23, 2023

काठमाडौं, ९ जेठ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन जना आरोहीको निधन भएको छ।

सफा हिमाल अभियान(२०२३ का सरदारसमेत रहनुभएका शेर्पाका सोमबार निधन भएको हो। उहाँ बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प( २ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा अचेत हुन पुग्नुभएको थियो। सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुग्नुभएका शेर्पाको सोमबावार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ।

उहाँको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ।

उहाँसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाइएको छ।

 

Share Now

Leave a comment.