काठमाडौं, १४ जेठ । पशुपतिनाथको शिवलिड.गको तल्लो भागमा राखिएको जलहरी निर्माणमा भएको आर्थिक अनियमितताबारे संसदमा आएका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने निर्णयको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विरोध गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको अभिव्यक्ति त्यसउपरका प्रतिक्रियाहरु संसद्को रेकर्डबाट हटाउने निर्णय भएकोमा उहाँले विरोध जनाउनु भएको हो ।
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिअनुसार जलहरीसम्बन्धी भनाइ संसद्को रेकर्डबाट हटाइएको थियो।
— Dr Shekhar Koirala (@Shekharnc) May 28, 2023
‘कस्तो विडम्बना! संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियतासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरुप कार्य गर्ने,’ नेपाली कांग्रेसका सभापतिका प्रत्यासी रहनुभएका सांसद कोइरालाले भन्नुभएको छ।
‘जलहरी’को विषयमा विपक्षी दलको नेतालाई जोड्नु उचित होइन ! प्रधानमन्त्री सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने भन्दै उकोइरालाले भन्नुभएको छ, ‘त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ’
नेताहरुको सहमतिमा केही कुरा संसद्को रेकर्डबाट हटे पनि देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत् पनि छन् भन्ने कुरा बुझ्न कोइरालाले सचेत गराउनुभएको छ।
‘हामी हाम्रो सांसदको गरिमालाई कता लैजादै छौँरु के हाम्रो संसद्ले संविधानले दिएको अधिकार स्वतन्त्र रुपमा उपभोग पनि गर्न नपाउने हो,’ प्रश्न गर्दै उहाँले भन्नुभएको छ, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौँ।’


















