काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको गठबन्धन सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउदै छ।
संविधानमा नै आगामी आर्थिक बर्षको बजेट आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुपर्ने ब्यवस्था रहेको छ।
सोही व्यवस्था अनुरुप आज संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ।
बजेटसँग चारवटा विधेयक हुन्छन्। जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन्।
यी विधयेकको सारांश र महत्त्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ।
आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ।
आगामाी आर्थिक वर्षका लागि बजेट निर्माण भएको हो। तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ।
करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन्। २४ घण्टाका लागि नाका बन्द गरिएका भन्सार नाका आज राति १२ बजेसम्म नाका बन्द रहन्छन्।


















