Prakash Adhikari June 2, 2023

काठमाडौं,१९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गरेको हो ।

आज रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष झा, असिम साह, हरि ढकाल, तोसिमा कार्की र विनिता कठायतलगायतले सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

“असहज आर्थिक परिस्थितिमा यस्तो कार्यक्रमले जनतामा आर्थिक भार थप्छ, बजेटको विश्वासनीयतामाथि नै प्रश्न चिह्न खडा गरेकोछ”, सङ्कल्प प्रस्तावमा उल्लेख छ, “सरकारले अर्थ मन्त्रालयबाट बजेट विनियोजनको कार्य तत्काल रोकी उक्त बजेट अन्य आवश्यक विकास निर्माणका कार्यका लागि परिचालन गरियोस् ।

Share Now

Leave a comment.