अबुधाबी(युएई), १८ जेठ । महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटेलाई कोपको कार्यक्रममा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।
यस नोभेम्बरमा एक्सपो सिटी दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलन (कोप–२८) मा भाग लिनका निम्ति निम्तो पठाउँनु भएको हो ।
नेदरल्याण्ड्सका लागि युएईका राजदूत जमाल अल मुशारखले प्रधानमन्त्री रुटेलाई निमन्त्रणा पुर्याउँनु भएको हो ।


















