Prakash Adhikari June 14, 2023

काठमाडौं, ३१ जेठ । आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपालको शेयर बजार बुधबार पनि निरन्तर जारी रह्यो ।

यस दिन धितोपत्र बजार परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६.४२ अङ्कले बढेर २०३७.६ बिन्दुमा रोकिएको छ ।

यस दिन विभिन्न कम्पनीका २ सय ७५ थरीका १ करोड २५ लाख ६१ हजार ४ सय ४० कित्ता शेयरको खरिदबिक्रीबाट रू ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ बराबरको कारोबार भएको छ ।
आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक समूह ३६.२१, वित्त १५ .८९, होटल तथा पर्यटन ४३.१६, लगानी ०.३९, निर्जीवन बीमा ६७.२७ र लगानी समूह २०.०९ अङ्कले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह १६४.६६ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ १५.७४, जलविद्युत् १२ं.६, उत्पादन तथा प्रशोधन ३४.१६, लघुवित्त ६५.१, म्युचुअल फन्ड ०.१ र अन्य समूह ३२.९० अङ्कले बढेको छ ।

आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिभम् सिमेण्टको २८ करोड १७ लाख ८ हजार ८ सय ४२ रुपैया ४० पैसा बराबरको ५ लाख ३४ हजार ४ सय ५६ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.