काठमाडौैं, ४ आषाढ । भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन नेपालभर रोकिने भएको छ।
फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्मसले आजबाट फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो।
कम्पनीको यो निर्देशनसँगै देशभरका फिल्मको प्रदर्शन रोकिएको कम्पनीका निर्देशक मनोज राठीले बताउनुभएको छ।
फिल्ममा सीता भारतकी छोरी हुन भन्ने संवादबाट सुरु भएको विवाद नेपालमा मात्रै होइन भारतमा पनि जारी छ। भारतीय दर्शकले समेत फिल्ममा गलत तथ्य प्रस्तुत भएकोप्रति विरोध गरिरहेका छन्।
सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको उक्त संवाद भारतमा प्रदर्शन हुने फिल्मबाट समेत नहटाए फिल्म काठमाडौंमा चल्न नदिने चेतावनी दिनुभएको थियो।
उहाँको समर्थनमा पोखरा तथा धरानमा पनि फिल्म प्रदर्शनमा यसअघि नै रोक लगाइएको थियो।


















