Prakash Adhikari June 20, 2023

आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ ।

अहिले नेपालले ब्याटिड. गरिरहेको छ ।  । नेपालले ओपनरद्धय कुशल भूर्तेल, आशिफ शेख र क्याप्टेन रोहित पौडेललाई गुमाएको छ । कुशल ३९रनमा क्याच आउट भए भने आशिफ १२ रनमा आउट भए भने क्याप्टेन रोहित पौडेल १६ रनमा क्याच आउट भए ।

अहिले क्रिजमा भीम साकी र कुशल मल्ल उत्रिएका छन् ।

Share Now

Leave a comment.