Prakash Adhikari April 21, 2018

काठमाडौं, ८ बैशाख । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुन्जना घिमिरेको धुर्मुससुन्तली फाउन्डेसनको प्रस्ताबमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको लागि ललितपुरको गोदावरीमा जग्गा फाइनल गरिएको छ ।

भूकम्प र बाढी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गरेर चर्चामा आएका धुर्मुस र सुन्तलीको जोडीले नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि पनि क्रिकेट खेल्ने मैदान नपाएको दुखेसो गरेपछि यो जिम्मेवारी आफूले लिने घोषणा गरेका थिए ।

फाउन्डेसनले उक्त कार्यको लागि खटाएको प्राबिधिक टोलीले पोखरा,चितवन र काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जग्गा अवलोकन गरेपछि गोदावरीलाई चुनेको हो ।

गोदावरीमा छानिएको क्षेत्रमा १ सय २८ रोपनी जग्गा रहेको छ । प्राबिधिक टिमले उपयुक्त ठहर गरेको र पर्यटकीय स्थल भएकोले फाउण्डेशनले सो जग्गा रोजेको छ ।

धुर्मुसले आफुहरुले बनाएको योजना बिहिबार दिउसो ४ बजेतिर खेलकुद मंत्री जगत विश्वकर्मालाई बुझाएका थिए ।

यदि यो प्रस्तावलाई सरकारले स्वीकृति दिएमा निर्माण सुरु गरेको दुईदेखि अढाई वर्षमा कार्य सम्पन्न हुने विश्वास कलाकार जोडीले लिएका छन् ।

Share Now

Leave a comment.