Prakash Adhikari October 1, 2023

 

नयाँदिल्ली(भारत), १४ असोज(बीबीसी) । माल्दिभ्समा भएको राष्ट्रपतिको निर्वाचनमा ुचीननिकट उम्मेदवार विजयी भएका हुनुभएको छ। उहाँले इण्डिया फस्र्ट भन्ने नारासहित चुनावमा होमिनुभएका बहालवाला राष्ट्रपतिलाई पराजित गर्नुभएको छ।

विभिन्न चरणमा भएका ती चुनावका नतिजालाई राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले स्विकार्दै ५४ प्रतिशत मत पाएका विजयी मोहम्मद मुइज्जुलाई बधाई दिनुभएको छ।

राजधानी मालेका मेयर मुइज्जु इन्डिया आउट नारासहित चुनावी अभियानमा होमिनुभएको थियो।

१७ नोभेम्बरमा नयाँ राष्ट्रपतिको शपथग्रहण हुनेछ। सोलिहले त्यसबेलासम्म कामचलाउ राष्ट्रपतिका रूपमा काम गर्नुहुनेछ ।

सन् २०१८ यता शक्तिमा रहनुभएका माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी)का सोलिहले मालेसँग बलियो साँस्कृतिक र आर्थिक सम्बन्ध रहेको भारतसँगको सम्बन्ध मजबुत बनाउनुभएको थियो।

इब्राहिम मोहम्मद सोलिहले "भारत-पहिले" नीति भन्ने गरेका थिए।

उहाँले त्यसलाई भारत पहिले नीति भन्ने गर्नुभएको थियो।

माल्दिभ्स लामो समयदेखि भारतको प्रभाव क्षेत्रमा पर्छ। त्यहाँ आफ्नो उपस्थिति कायम गर्न सक्नुले दिल्लीलाई हिन्द महासागरको मुख्य भागमा नियमन गर्ने क्षमता प्रदान गरेको छ।

प्रगतिशील गठबन्धनका ४५ वर्षीय मइज्जु चीनसँगको निकट सम्बन्धका पक्षधर हुनुहुन्छ।

व्यापक रूपमा नौसेना विस्तार गरिरहेको चीन माल्दिभ्सजस्तो रणनीतिक महत्त्वको स्थानमा पहुँच चाहन्छ भने उसको प्रतिस्पर्धी भारत त्यसलाई रोक्न चाहन्छ।

चीन त्यस क्षेत्र हुँदै खाडी देशबाट आफ्नोमा हुने इन्धन आपूर्तिलाई समेत सुरक्षित गर्न चाहन्छ।

गत दशकमा दिल्लीले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर र एउटा सानो आकारको विमान दिएको थियो।

सन् २०२१ मा माल्दिभ्सको सेनाले ती विमानको सञ्चालन र मर्मतसम्हारका लागि ७५ जना भारतीय सैनिकहरू आफ्नो देशमा रहेको जनाएको थियो।

त्यसलगत्तै विपक्षीले ती भारतीय सुरक्षाकर्मीलाई माल्दिभ्स छाड्न भनेर भारत आउट अभियान सुरु गरेको थियो।

सोलिहअघि सन् २०१३ देखि सन् २०१८ बीचमा प्रोगेसिभ पार्टी पीपीएमका अब्दुल्लाह यामीन राष्ट्रपति हुनुहुन्थ्यो।

अब्दुल्लाह यामीन सन् २०१३-२०१८ को कार्यकालमा माल्दिभ्सलाई चीनसँग निकट गराउनु

अब्दुल्लाह यामीन सन् २०१३ देखि २०१८ को कार्यकालमा माल्दिभ्सलाई चीनसँग निकट गराउनु भएको थियो ।

उहाँले आफ्नो कार्यकालमा माल्दिभ्सलाई चीनसँग निकट बनाउनुका साथै राष्ट्रपति सी जिन्पिङको बेल्ट एन्ड रोड अवधारणामा आफ्नो देशलाई संलग्न गराउनुभयो।

यामीन भ्रस्टाचारमा दोषी ठहरिँदै हाल ११ वर्षको जेल सजाय भोगिरहनुभएको छ।

त्यससँगै उहाँ यस वर्षको निर्वाचनमा सहभागी हुन समेत पाउनु भएन।

पीपीएम मुख्यालयअघि जम्मा भएका सयौँ मइज्जु समर्थकले विजयोत्सव मनाएका थिए।

मोहम्मद मुइज्जु को हुनुहून्छ ?

सन् १९७८ मा जम्मिएका मुइज्जुले यूकेको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इञ्जिनियरिङमा पीएचडी गर्नुभएको छ।

उहाँ सन् २०१२ मा आवासमन्त्री भएर राजनीतिमा प्रवेश गर्नुभएको थियो।

यामीन शक्तिमा आएपछि समेत उहाँले आफ्नो मन्त्रीपद कायम राख्दै केही ठूला परियोजनाहरू अगाडि बढाउनुभयो।

त्यसमध्ये एउटा २० करोड अमेरिकी डलर बराबरको पुल समेत पर्छ। त्यसले राजधानी मालेलाई भिन्न टापुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्छ।

उहाँले सन् २०२१ मा मालेको मेयरको निर्वाचन जित्नुभयो र त्यो उक्त पदमा पीपीएमको पहिलो जित थियो।

Share Now

Leave a comment.