Prakash Adhikari October 30, 2023

कीर्तिपुर (काठमाडौं),१३ कार्तिक । नेपालका सन्दीप लामिछाने र बगुल्शन झाले आज सिंगापुरसंग भैरहेको खेलमा दुई दुई विकेट लिएका छन् ।

सन्दीपको पछिल्लो विकेटसंगै नेपाललाई पाँचौ सफलता मिलेको छ । सन्दीपले ११ औं ओभरको दोस्रो बलमा सिंगापुरका जनकप्रकाशलाई ७ रन बनाएको अवस्थामा आउट गरेका हुन् ।

यसभन्दा पहिला लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाका थिए।

 

सन्दीपले सिंगापुरका सुरेन्द्र चन्दमोहनलाई सातौ ओभरको पाँचौ बलमा ६रन बनाएको अवस्थामा पवेलियनको बाटो देखाएका हुन्।
र गुल्शनको दोस्रो विकेट संगै नेपाललाई चौथो सफलता मिलेको छ । उनले सिंगापुरका अमत्र्य कौलको विकेट लिएका हुन् । चौथो बलको सामना गरिरहेका कौललाई उनले शून्य रनमा नै आउट गरेका थिए ।

यस पहिले पनि उनले रोहन रंगराजनलाई ४६ बलमा आउट गरेका थिए । आठौं ओभरमा बलिड. गर्न आएका गुल्शनको पहिलो बल वाइड भएको थियो । उनले फालेको दोस्रो बललाई प्रहार गरेका रोहनको बल सन्दीप जोराले क्याच गरेका थिए ।

 

यस अगाडि पहिलो ओभरको दोस्रो बलमा नै नेपालका नामी बल करन के.सी.ले सिंगापुरका ओपनर अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुर १२.२ ओभरमा ५ विकेटको क्षतिमा ८० रन जोडेको छ।

 

Share Now

Leave a comment.