कीर्तिपुर (काठमाडौं),१३ कार्तिक । नेपालका अबिनास बोहोरा,करन के.सी., सन्दीप लामिछाने र गुल्शन झाले आज सिंगापुरसंग भैरहेको खेलमा दुई दुई विकेट लिएका छन् ।
अबिनासले १८ औं ओभरको दोस्रो र चौथो बलमा सिंगापुरको दुई विकेट झारेका हुन् । उनले दोस्रो बलमा सिंगापुरका थिलिप थिलाप्पनलाई १ रनमा र अनन्त कृष्णनलाई शून्य रनमा आउट गरेका थिए ।
अबिनासको अगाडि करन के.सी.ले दोस्रो विकेट लिएका थिए । करनले १७ औं ओभरको तेस्रो बलमा सिंगापुरका मनप्रित सिंहको विकेट लिएका हुन् । यस पहिले पहिलो ओभरको दोस्रो बलमा नै करनले सिंगापुरका ओपनर अरित्रा दत्तलाई शून्य रनमा आउट गरेका थिए ।
आजको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा सिंगापुरका जनकप्रकाशलाई ७ रन बनाएको अवस्थामा आउट गरेका थिए ।
यसभन्दा पहिला लेग स्पिनर सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाका थिए।
सन्दीपले सिंगापुरका सुरेन्द्र चन्दमोहनलाई सातौ ओभरको पाँचौ बलमा ६रन बनाएको अवस्थामा पवेलियनको बाटो देखाएका हुन्।
सन्दीपले पाँचौ विकेट लिनु अगाडि नेपालका गुल्शनको दोस्रो विकेट लिए संगै नेपाललाई चौथो सफलता मिलेको थियो । उनले सिंगापुरका अमत्र्य कौलको विकेट लिएका थिए । चौथो बलको सामना गरिरहेका कौललाई उनले शून्य रनमा नै आउट गरेका थिए ।
यस पहिले पनि उनले रोहन रंगराजनलाई ४६ बलमा आउट गरेका थिए । आठौं ओभरमा बलिड. गर्न आएका गुल्शनको पहिलो बल वाइड भएको थियो । उनले फालेको दोस्रो बललाई प्रहार गरेका रोहनको बल सन्दीप जोराले क्याच गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुर १८ औं ओभरको अन्त्यमा ८ विकेटको क्षतिमा १३३ रन जोडेको छ।


















