नेपालगञ्ज(बाँके), १९ कार्तिक । कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा विनास मच्चाएको भूकम्पबाट पीडितहरुलाई पहिलो विदेशी राहत सामग्री भारतबाट आएको छ ।
भारत सरकारले पठाएको उक्त राहत सामान लिएर भारतीय वायु सेनाको जहाज नेपालगञ्जको राँझा विमानस्थलमा उत्रिएको थियो ।
विमानस्थलमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।
Ambassador Naveen Srivastava handed over first consignment of emergency relief material to Hon' Depty. PM & Defence Minister @NCPurnaKhadka for #earthquake affected families in Nepal.🇮🇳 remains committed to extending all possible support to🇳🇵
PressRelease: https://t.co/DbRA6PcDwB https://t.co/KXJIgbOjqH pic.twitter.com/tYEmcel96c— IndiaInNepal (@IndiaInNepal) November 5, 2023
भारतका विदेश मन्त्री डा.एस जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिलो नीति अन्तरगत नेपालमा आएको भूकम्पले पीडित परिवारलाई सहयोग गरिएको जनाउनुभएको छ ।
उहाँले सहयोगको पहिलो खेपमा औषधी र राहत सामग्री भएको बताइएको छ ।
राहत सामग्री बुझ्दै उपप्रधानमन्त्री खड्काले भारत नेपालको सधै सुखदुःखको साथी भएको बताउनुभयो । उहाँले दुईदेशका सरकारका बीचमा मात्र नभएर जनस्तरम पनि अत्यन्तै सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।
नेपालको भूकम्प प्रभावित क्षेत्रको लागि राहत सामग्री पठाउने पहिलो देश भारत रहेको छ। संकटको समयमा सबैभन्दा पहिले साथमा खडा भएको देश भारत भएको छ। भारतीय राजदूतले आज 11 टन राहत सामग्री आएको र भोलि फेरि अझै राहत सामग्री आउने जानकारी गराएका छन्। @IndiaInNepal #NepalBharatMaitri pic.twitter.com/Om9Xz0m5BH
— Pankaj Das (@pankajj_das) November 5, 2023


















