Prakash Adhikari February 10, 2024

कीर्तिपुर(काठमाडौं), २७ माघ । क्यानडासगको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखलाको दोस्रो खेल पनि नेपालले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले जितेको हो ।

टस हारेर फिल्डिड.मा परेको नेपालले क्यानडाबाट जितको लागि २ सय ८६ रनको लक्ष्य पाएको थियो । ५० ओभरको निर्धारित खेलमा नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रन बनाउदै सो लक्ष्य हासिल गरेको हो ।

आजको खेलमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । नेपालको जितको लागि देव खनालले ७६,ओपनर अनिल साहले ५०, भीम सार्कीले २३, पवन सर्राफले १४, आशिफ शेखले १०, कुशल मल्ल र सोमपाल कामीले ९।९ रनको योगदान दिए ।

नेपाललाई रोक्ने क्रममा क्यानडाका इश्वरज्योत सोही र हर्ष ठाकेरले समान २ ।२ तथा सदविन जफर र दिलप्रित बाज्वाले समान एक विकेट लिए।

आज बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिड. गरेको क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

उसले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ८५ रन जोडेको थियो ।

क्यानडाका लागि आरोन जोन्सनले ६५,नवनित धालिवालले ४६, श्रेयश मुभ्यले ४०,प्रगत सिंहले ३८, निकोलास कीर्तनले २०, दिलप्रित वाजवाले १९, उदय भागवानले १५, शाहिद अहमदजाइले १३, हर्ष ठकरले ३, क्याप्टेन शाद विन जाफरले १ रनको योगदान दिएका थिए ।

क्यानडालाई रोक्ने क्रममा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २ । २ तथा सोमपाल कामी, सूर्य तामाड। पवन शर्राफ र आकाश चन्दले एक एक विकेट लिएका थिए ।

नेपालले विकेट गिराउन बिलम्ब गरेकोले क्यानडाले सम्मानजनक रन जोड्न सफल भएको हो । नेपालले पहिलो विकेट १८.२ ओभरमा,दोस्रो २२.२ ओभरमा, तेस्रो ३१.२ ओभरमा, चौथो ३१.५ ओभरमा, पाचौ ३४.५ ओभरमा, छैठौ ३८.४ ओभरमा, सातौ ४०.४ ओभरमा, आठौं ४४.५ ओभरमा र नवौं ४९.६ ओभरमा लिएको थियो ।

आजको खेलमा सर्वाधिक रन बनाएका नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए । उनले १०१ बलमा ८७ रन जोडेका थिए भने ३२ रन दिएर दुई विकेट लिएका थिए ।

Share Now