Prakash Adhikari February 10, 2024

 

काठमाडौं, २७ माघ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफ्नो उद्घाटन मन्तव्यमा अभिकर्ताबीच आपसी परिचय,सद्भाव र सहयोगको भावना विकसित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले कार्यक्रमलाई सम्बोधन गर्दै बीमाका बिक्रिकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिनुभएको थियो ।

एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपत्यकाबाट उपस्थित हुनुभएका एमडिआरटि २०२४ मा छनोट हुनुभएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवनकुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

Share Now