कीर्तिपुर(काठमाडौं), ५ फागुन । नेपालका लागि ओपनिड. ब्याट्सम्यान कुशल भूर्तेल आज बलिड.मा चम्किएपछि नेदरल्याण्डस् सस्तैमा समेटियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड. गरेको नेदरल्याण्डसले ५० ओभरको निर्धारित खेल ३९ओभर खेल्दै जम्मा १सय ३७ रन बनाउन सक्यो ।
नेदरल्याण्ड्सका लागि स्कट एड्वार्डल ३३, बास डे लिडले २७, सेब्राण्ड एन्जेलब्रिचले २३। कायल क्लेनले १६, नोह क्रोएसले १२,आर्यन दत्त र म्याक्स ओ दाउलेले १० ।१०, भिभियन किड.माले २,सिराज अहमदले १ रनको योगदान दिए भने माइकल लेभिट र वेश्ले बारेसी शून्य रनमा आउट भए ।
नेदरल्याण्डसलाई रोक्ने क्रममा नेपालका लागि कुशल भूर्तेलले ४ विकेट लिए । उनले भिभियन किड.मा, स्कट एड्वार्ड,आर्यन दत्त र वेश्ले बारेसीको विकेट लिएका थिए ।
नेपालका लागि सातौं सफलता कप्तान रोहित पौडेलले दिलाएका हुन् । उनले २८ औं ओभरको दोस्रो बलमा सरिज अहमदलाई आउट गराएका थिए ।
नेपाललाई पाँचौ सफलता भने कुशल मल्लले दिलाएका थिए । उनले फालेको बलमा नेदरल्याण्ड्सका नोहा क्रोएस रनआउट भएका थिए ।
चौथो सफलता बलर ललित राजवंशीले दिलाएका हुन् । उनले २० औं ओभरको दोस्रो बलमा नेदरल्याण्डस्का वास डे लिडको विकेट लिएका हुन् ।
यस पहिले तेस्रो विकेट पनि उनैले लिएका थिए । उनले १६ औं ओभरको चौथो बलमा नेदरल्याण्डस्का साइब्राण्ड इन्गलब्रिचको विकेट लिएका हुन् ।
यस पहिले नेपालले दोस्रो विकेट रन आउटमा लिएको थियो । ललित राजवंशीले फालेको बलमा रन लिने क्रममा नेदरल्याण्ड्का म्याक्स ओ दाउद आउट भएका हुन ।
आजको खेलमा नेपालले पहिलो ओभरमै विकेट झारेको थियो।
तीव्र गतिका बलर सोमपाल कामीले नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराएका हुन्।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर बलिङ गरेको नेपालले तेस्रो बलमा नै विकेट लिएको हो ।
आजको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र देव खनाललाई टोलीमा समेटेको छ । पछिल्लो खेलमा रहेका करण केसी र पवन सर्राफ आजको प्लेइड. ११ मा छैनन् ।
आजको नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी र ललित राजवंशी रहेका छन् भने जगेडा खेलाडीमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी रहेका छन् ।
नेदरल्यान्ड्सको टोलीमाम्याक्स ओ’डाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड र काइल क्लेन प्लेइड.११ मा रहेका छन् भने
जगेडा खेलाडीको रुपमा तेजा निदामनुरु, रोलफ भान डर मर्व, ओलिभर एलेन्बस, विक्रमजित सिंह रहेका छन् ।
लिग २ को खेल तालिकास्
१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया – नामिबिया ४ विकेटले विजयी
१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स(भैरहेको)
१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया
२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स