
काठमाडौं, १७ बैशाख । यही बैशाख १५ गते इलाम र बझाड. बझाङ १ (क) मा भएको उपचुनावको मतगणनामा एमाले र कांग्रेसलाई अग्रता मिलेको छ ।
इलाम क्षेत्र नम्बर २ कोे मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ७ सय २७ मत ल्याएर अग्रता कायम राख्नुभएको छ ।
उहाँलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याउनुभएको छ । खड्काले ४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ। एमाले र कांग्रेस उम्मेद्बारबीच १ हजार २ सय ७७ को मतान्तर रहेको छ।
पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमले २ हजार २ सय ९५ मत पाउनुभएको छ । त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ। उहाँले ९ सय १४ मत प्राप्त ल्याउनुभएको छ ।
पछिल्लो विवरण अनुसार फाकफोकथुम सबै र चुलाचुली गाउँपालिकाको २ वटा वडाको गणना सकिएको छ।
चुलाचुली–१ मा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई धेरै मत मिलेको छ ।
बझाड.मा कांग्रेस अगाडि
बझाड.मा सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेलाई नेपाली कांग्रेसले पछि पारेको छ। नेपाली कांग्रेसका उम्मेदवार अविशेक सिंहले नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीलाई पछि पार्नुभएको हो।
निर्वाचन आयोगका अनुसार, सिंहले ५५ मतले अग्रता लिनुभएको छ।
कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ६७ र भण्डारीले ६ हजार १२ मत प्राप्त गर्नुभएको छ ।
माओवादीका जनक बुढाले २ हजार ७ सय ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार ९ सय ५८ मत ।
कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।
आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म छविस पाथिभेरा र थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ र ७ सम्मको मतपरिणाम आइसकेको छ।
त्यस्तै, सुर्मा गाउँपालिकाको वडा नम्बर १ को मतगणना पनि सकिएको छ।