काठमाडौं, २५ बैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अनुभवी अलराउण्डर सीता रानामगर मलेसिया सुपर वुमेन लिग टी २० क्रिकेट प्रतियोगिता २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।
त्यसै रुविना क्षेत्री उत्कृष्ट ब्याटर र पूजा महतो उत्कृष्ट बलर चुनिएका छन् ।
आइतबार सम्पन्न फाइनल खेलमा सीता सम्मिलित वेस्टर्न वन्डररले साउथर्न जागुआर्सलाई ५ रनले हराउँदै उपाधि जित्यो । वेस्टर्नलाई च्याम्पियन बनाउन सीताले प्रतियोगिताभर ५ खेलमा १५० रन बनाउनुको साथै ८ विकेट लिएकी थिइन् ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना बेल्बासी क्षेत्री प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिइन । इस्टर्न लायनेसबाट खेलेकी उनले ५ खेलमा १ सय ९४ रन बनाउदै शीर्ष ब्याटरको स्थान ग्रहण गरिन ।
प्रतियोगितमा नेपालकै पूजा महतो उत्कृष्ट बलर चुनिइन । सेन्ट्रल सुपर गर्लसबाट खेलेकी उनले ६ खेलमा ९ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा आफूलाई राखिन ।
अलराउण्डर कविता कुँवरले साउर्थन जागुअर्सबाट खेल्दै १ सय ५३ रन बनाएकी थिइन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने सूचीका शीर्ष तीन स्थान नेपाली खेलाडीले कब्जा जमाए।
त्यस्तै नर्थन क्विन्सबाट खेल्दै इन्दु बर्माले ५ खेलमा ७६ रन बनाएकी थिइन् । खेल्दै पूजा महतोले ६ खेलमा ६६ रन बनाएकी थिइन् । कविता कुँवर ६ खेलमा ७ विकेट लिएकी थिइन् । रुविना र इन्दुले ५–५ विकेट लिएका थिए । अश्मिना कर्माचार्यले नर्थन क्विन्सबाट खेल्दै ५ खेलमा ४ विकेट लिएकी थिइन् । ५ टोली सहभागी रहेको प्रतियोगितामा ६ नेपाली खेलाडीले सहभागी थिए ।