काठमाडौँ, ४ जेठ : सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।
बैठकमा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी हुनुहुन्छ ।
समिति गठनको माग यथावत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्याएको छ । कांग्रेस संसदीय दलको आज विहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याएको हो ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेससहित सङ्घीय संसद्का अन्य दलले पनि समिति गठनको माग उठाएकाले समिति गठनको माग यथावत राखेको हो । बैठकले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
“प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ”, उहाँले भन्नुभयो, “सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित होइन ।”
लुइस बरूचो बीबीसी विश्व सेवा इरान र अमेरिकाबीच तनाव फेरि चर्किएपछि विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक जलक्षेत्रमध्ये एउटा स्ट्रेट अफ होर्मुज पुन: एकपटक विश्वको ध्यानको केन्द्रमा परेको छ। स्थायी रूपमा […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, २२ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]