Prakash Adhikari May 20, 2024

 

काठमाडौं, ७ जेठ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउदँदै त्यस्तो अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

सहकारी ठडीका छानविन गर्न पूर्वसहमति अनुसार संसदीय छानबिन समिति बनाउने काम नगरी विश्वासको मत लिने प्रक्रिया थालिएपछि नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुका सांसदलेले प्रतिनिधि सभामा नाराबाजी गर्दै बेल घेरेका थिए । विपक्षी दलहरुको विरोधका विचमा प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो ।

संसदको आजको कारबाहीका सम्बन्धमा जानकारी दिन नेपाली कांग्रेसद्धारा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले त्यस्तो अभिवयक्ति नदिन पनि चेतावनी दिनुभयो ।

उहाँले वर्तमान प्रधानमन्त्रीले नेपाली कांगेसले पटक पटक सहयोग गरेको प्रधानमन्त्रीले बिर्सिएको बताउनुभयो । कांग्रेस प्रमुख सचेतक लेखकले माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको बिर्सिनुभयो भनेर प्रतिप्रश्न पनि गर्नुभयो।

‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं’। लेखकले भन्नुभयो, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो, बिर्सिनुभयो ? हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो ?’

प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ भनेको भन्दै लेखकले भन्नुभयो, ‘के मूल्य चुकाउनुपर्छ ? तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताको रकमको सुनिश्चिचता छैन । त्यसमा संलग्न भएकाहरुमाथि कराबाही गर्ने योजना छैन । अनि नेपाली कांग्रेसविरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने रु यस्तो बोल्न बन्द गरिदिनुस् ।

Share Now