Prakash Adhikari June 15, 2018

चुम्लिङटार(चितवन),१ असार । पृथ्वी राजमार्गअन्र्तगत चितवनको चुम्लिङटारमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक कास्की रुपाकोट–८ का ३३ वर्षीय चन्द्रबहादुर केसी रहेको प्रहरीले जनाएको छ।

मृतक अन्य तीन जनको सनाखत हुन सकेको छैन। दुर्घटनामा परी घाइतेको चितवन मेडिकल कजेल र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ०७ः२५ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये ट्रकका चालक हेटौंडा उपमहानगरपालिका बासामाडीका सुरेश बलको मात्रै परिचय खुलेको छ ।

ट्रक त्रिशूली नदी किनारमा पुगेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Share Now

Leave a comment.