काठमाडौं, ४ असोज । आजदेखि असोज २४ गतेसम्म देशको बागडोर प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेतृत्व गर्नुभएकोे संयुक्त सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गर्दै आउनुभएका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नुहुने भएको छ।
प्रधानमन्त्री के.पी. शर्मा ओली संंयुक्त राष्ट्र संघको ७९ औं महासभालाई सम्बोधन, महासभाका अवसरमा आयोजना हुने राष्ट्र संघ विभिन्न शत्रहरु र अमेरिकाको हार्वार्ड र कोलम्बिया विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई संबोधन गर्न आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थितिमा देशको कार्यभार उपप्रधानमन्त्री सिंहलाई सञ्चालन गर्न िदने गरी राष्ट्रपतिलाई सिफारिस गर्नुभएको थियो ।
राष्ट्रपतिको कार्यालयका अनुसार सिंहलाई प्रधानमन्त्री ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मीले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी सम्माननीय राष्ट्रपतिज्यूले तोक्नुभएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओली यही असोज २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।