Prakash Adhikari June 15, 2018

काठमाडौं, १ असार । कोलकता आउँदै गरेको कार्गो पानी जहाजमा आगलागी भएको छ।

आगलागीबाट कार्गोमा भएका स–सामान जलेर नष्ट भएका छन्। उक्त कार्गोमा नेपाली व्यवसायिका सामान पनि भएको पुष्टि भएको छ।

तर कुन व्यवसायीको सामान जल्यो र कति सामान जल्यो भन्ने टुंगो अहिलेसम्म लागेको छैन। उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जहाज जल्दा आफूले ल्याएका सामानहरु पनि जलेको बताए।

उनले आफ्नो दुई देखि चार करोडको सामान जलेको बताएका छन्। अरु नेपाली व्यवसायीको पनि समान जलेको हुन सक्ने उनल बताए ।

Share Now

Leave a comment.