काठमाडौं, ७ असोज। आफ्ना ग्राहकहरुलाई भरपर्दो र अत्याधुनिक बैंकिड. सेवा प्रदान गर्दै आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मी र मोरड.को कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले मंगलबारदेखि उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नम्बर १४ मा घुर्मी शाखा संचालनमा ल्याएकोे हो । बैंकको नयाँ शाखा कार्यालयको कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले उद्घाटन गर्नुभएको थियो ।
यसअगाडि भाद्र महिनाको अन्त्यतिर बैंकले मोरड.को कञ्चनबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । मोरङ जिल्ला विराटनगर महानगरपालिका– ४ कञ्चनबारीमा खोलिएको बैंकको नयाँ शाखा भाद्र २७ गते बिहीबारदेखि सञ्चालनमा आएको थियो। सो शाखाको पनि बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले उद्घाटन गनुृभएको थियो ।
बैंकले दुवै नयाँ शाखाबाट उद्घाटनसंग नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको जनाएको छ।
उद्घाटन कार्यक्रममा बैंकका प्रदेश प्रमुख तिब्रेवालले नयाँ शाखाहरुबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताउनुभएको थियो।
नयाँ खोलिएका शाखासहित बैंकले देशभर २ सय ७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २ सय ६६ वटा एटीएमबाट आफ्ना ग्राहकहरुलाई भरपर्दो,विश्वासिलो,अत्याधुनिक प्रविधिमार्फत सेवा दिइरहेको छ।