Prakash Adhikari June 16, 2018

 

मस्को(रुस), १ असार । विश्वकप फुटबल अन्तरगत शुक्रबार सम्पनन स्पेन र पोर्चुगलको खेलमा दुवैले ३ घ गोल गरेर अकंक बाडका छन् । खेलमा पोर्चुगलका ख्यातिप्राप्त खेलाडी क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेका छन्। स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन्।

खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि-एरियाभित्र फउल हानेपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए।

पहिलो हाफमा २-१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनले अग्रता लियो।

खेलको ८८ औं मिनेटमा फ्रिकिक मार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरे।

ग्रुप ‘बी’ मा स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाढेका छन्। यसअघि मोरक्कोलाई हराएको एसियाली मुलुक इरान समूहको शीर्ष स्थानमा छ।

पछिल्लोपटक यी दुई आइबेरियन छिमेकी सन् २०१० को विश्वकपमा एकअर्कासँग भिडेका थिए, जसमा स्पेनले पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित हासिल गर्दै पोर्चुगललाई घर पठाइदिएको थियो।

दुई टोली हालसम्म ३५ पटक एकअर्कासँग भिडेका छन् जसमा स्पेनले १६ खेल जितेको छ भने पोर्चुगलले केबल ६ खेलमात्र आफ्नो पक्षमा राखेको थियो।

सोचीको फिस्त ओल्म्पिक रंगशालामा भएको खेलमा पोर्चुगल आफ्ना स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको मुख्य भरमा छ भने स्पेनी टोली आफ्नो चर्चित खेल शैली ुटिकीटाकाुमा भर पर्नेछ। युवा तथा अनुभवी खेलाडीले भरिएको स्पेनी टोलीमा दुई दिनअघि भएको प्रशिक्षकको बर्खास्तीले केही प्रभाव पार्ने अनुमान गरिएको थियो

प्रशिक्षक जुलेन लोपेतेगीको सट्टामा जारी विश्वकपमा फर्नान्डो हिएरो स्पेनी टिम सम्हाल्न आइपुगेका छन्।

सन् २०१० को विश्वविजेता स्पेनका लागि वर्तमान युरो कप विजेता पोर्चुगल कडा चुनौती हो। पोर्चुगलका फुटबल प्रशिक्षक फर्नान्डो सान्तोषको नजरमा स्पेन पनि बलियो टोली हो। पोर्चुगल उत्कृष्ट नतिजा निकाल्दै विश्वकप जित्ने मनोबल र लक्ष्यका साथ रसिया आएको छ।

पछिल्ला २० खेलको अपराजित यात्राले पनि स्पेनको मनोबल बलियो छ।

स्पेनको मनोबल उच्च भए पनि विश्वकपको एक दिन अगाडि टिम सम्हाल्ने मूख्य जिम्मेवारी पाएका हिएरोका लागि शुक्रबार हुने पोर्चुगलविरूद्धको खेलमा पहिलो लाइनअपका लागि धेरै प्रतिभावान् खेलाडीमध्ये क(कसलाई खेलाउने भन्ने केही कडा निर्णय गर्नुपर्ने अवस्था छ।

उनले ड्रेसिङ रूमलाई निराश नपार्न टोलीमा धेरै परिवर्तन नगर्ने अनुमान गरिएको छ। स्पेनको गोलकिपरमा म्यानचेस्टरका डेभिड डी जिया पहिलो रोजाइमा रहेको स्पेनको ब्याकलाइन भने डेनी कारभाहालको चोटले केही खल्बलिएको छ। उनी टोलीमा रहे पनि आज हुने खेलमा अलभारो ओड्रियाजोला मैदान प्रवेश गर्ने सम्भावना रहेको छ। उनलाई सर्जियो रामोस, जेरार्ड पिके तथा जोर्डी अल्बाले साथ दिनेछन्।

त्यस्तै स्पेनको डिफेन्सलाई सर्जियो बुस्केट्सले मिडफिल्डबाट सघाउनेछन् भने आन्ड्रेस इनिएस्टाले खेलमा क्रिएटिभिटी ल्याउनेछन्। थियागो अलाकान्ट्रा, कोके, इस्को र डेभिड सिल्भामध्ये एकजनालाई बेन्चमा राख्नु पर्नेछ।

टिममा डिएगो कोस्टाले टोलीको मुख्य स्ट्राकरको जिम्मेवारी सम्हाल्नेछन्। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि स्पेनलाई बलियो टिम बताएका छन्। तर पनि उनले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको बताए।

विश्वकपको इतिहासमा चौथो स्थानभन्दा माथिको उपलब्धि हासिल गर्न नसकेको पोर्चुगलको वर्तमान टोली स्टार खेलाडी रोनाल्डोको अलावा आफ्नो अनुभवी डिफेन्स लाइनको भरमा रहेको छ भने स्पेनको एट्याक शैलीले उत्पन्न गराउन सक्ने ‘वान टु वान’ को अवस्था भने उसका लागि कठिन हुन सक्ने चुनौती उस्तै छ।

स्पेन

गोलकिपर: डेभिड डी जिया, पेपे रैना, केपा एरिजाबाल्गा
डिफेन्डर: जोर्डी अल्बा, नाचो मोनरियल, अल्भारो ओड्रियोजोला, नाचो फर्नान्डेज, डेनी कारभाहाल, जेरार्ड पिके, सर्जियो रामोस, सेसार एजपिलिकेटा
मिडफिल्डर : सरजियो बुस्केट्स, इस्को, थियागो अलाकान्ट्रा, डेभिड सिल्भा, आन्ड्रेस इनिएस्टा, साउल निग्वेज, कोके फर्वार्डस् मार्को एसेनसिओ। इएगो आसपास, डिएगो कोस्टा, रोड्रिगो, लुकास भाजक्वेएज

पोर्चुगल

गोलकिपर : एन्थोनी लोपेज, बेटो, रुइ पाट्रिसिओ

डिफेन्डर : ब्रुनो आल्वेस, सेड्रिक सोएरिस, जोसे फोन्टे, मारिओ रुइ, पेपे, राफायल गुएरिरो, रिकार्डो परेरा, रुबेन डिएस मिडफिल्डर स् एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जोआओ मारिओ, जोआओ मौटिन्हो, म्यानुएल फर्नान्डेस, विलियम कारवाल्हो

फरवार्डस् : आन्द्रे सिल्भा, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्सालो गेडिस, रिकार्डो क्वारेस्मा‍।

Share Now

Leave a comment.