Prakash Adhikari June 16, 2018

 

ललितपुर, १ असार । नेपाली कांग्रेसले कम्युनिष्टहरुको नेतृत्वमा रहेको बर्तमान सरकार पञ्चायत भन्दा पनि असहिष्णु र निरड.कुश हुँदै गएको बताएको छ ।

नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माद्धारा शुक्रबार जारी विज्ञप्तिमा सरकारले निरन्तर गरेको इन्धनको मूत्यबृद्धिको विरोध गर्दा सुर्खेतमा प्रहरी नेपाली कांग्रेसको जिल्ला कार्यालयमा नै प्रवेश गरेर आक्रमण र धरपकड गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।
प्रवक्ता शर्माले सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो भन्दै पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने दुस्साहस नगरेको बताएका छन् ।
उनले कम्युनिष्ट ससरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको बताएका छन् ।

कांग्रेस प्रवक्ता शर्माले यस्तै रवैया रहेमा विद्यार्थीहरुले सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिएका छन् ।

Share Now

Leave a comment.