Prakash Adhikari September 26, 2024

काठमाडौं, १० असोज । नेपालको पूँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले छिट्टै कार्यकारी अध्यक्ष पाउने भएको छ ।

विगतमा विभिन्न व्यापारिक घरानाहरुको स्वार्थमा निस्तेज पारिएको कार्यकारी अध्यक्ष चयन प्रक्रियालाई अर्थमन्त्रालयले अगाडि बढाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि गठन गरिएको समितिले पहिले आवेदन दिएर संक्षिप्त सूचीमा छानिएका तर अन्तवार्तामा अनुपस्थित भएर सरकारलाई असहयोग गरेका थप तीन जना आवेदकहरुलाई अन्तरवार्ता र व्यवसायिक कार्य याजना प्रस्तुतीकरणका लागि बोलाएको छ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिको असोज ९ गतेको बैठकले यसरी योग्यताको सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि मन्त्रालयमा बोलाइएको छ।

समितिले ‘सर्ट लिस्टेड’ उम्मेद्वारहरुलाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा बोलाइएको छ।

Share Now