Prakash Adhikari October 1, 2024

 

काठमाडौं, १५ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

निगमले सोमबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई , हवाई इन्धनमा आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैया र बाह्य उडानका लागि प्रतिहजार लिटरमा ४५डलर मूल्य घटाइएको जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २ सय ६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।

समायोजित मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा १ सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५७ रुपैयाँ र तेस्रो वर्गमा १ सय ५८ रुपैयाँ कायम भएको छ। यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय४६ रुपैयाँ र तेस्रोमा १ सय ४७ रुपैयाँ कायम भएको छ।

आन्तरिक हवाई इन्धन प्रति लिटर १ सय २६ रुपैयाँ नै कायम राखिएको छ छ। अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौंमा प्रति किलोलिटर अमेरिकी डलरमा ९ सय ६० तथा भैरहवा र पोखरामा ८ सय ६० कायम हुने छ।

यस पहिले काठमाडौंमा अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलोलिटर १ हजार ५ डलर भैरहवा तथा पोखराका लागि प्रतिकिलो लिटर ९ सय ५ डलर मूल्य कायम गरिएको थियो ।

Share Now