Prakash Adhikari June 19, 2018

 

काठमाडौं,५ असार । सोमबार निधन भएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनले स्थापना गरेको बाँसबारीस्थित न्युरो अस्पतालमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाइ गरेका छन् ।

देवकोटाको पार्थिव शरीर अस्पताल प्रांगणमा राखिएको छ ।

पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन , सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पूर्व सभामुख मुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पौडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला लगायतले देवटालाई श्रद्धाञ्जली दिएका छन् ।

देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । परिवारका सदस्यहरुका अनुसार डा। देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

Share Now

Leave a comment.