Prakash Adhikari October 18, 2024

काठमाडौं, २ कार्तिक । आईसीसी लिग २ को त्रिकोणात्मक श्रृखलाका लागि अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारीका क्रममा अमेरिकासंग खेलेको टी २० श्रृखलाको पहिलो खेल जितेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा भएको खेलमा नेपालले १७ रनले अमेरिकालाई पराजित गरेको हो ।

टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले अमेरिकासामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर २० ओभरको निर्धारित खेलमा अमेरिकाले ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोड्न सक्यो ।

अमेरिकाका लागि शायन जहागिरले सर्वाधिक ६० रन जोडे । उनले ३४ बलमा ६ चौका र २ छक्काको मद्दतले अर्धशतकीय पारी खेलेका थिए । अमेरिकाका लागि एण्ड्रिज गोउसले ३०, मिलिन्द कुमारले २२, जसदीप सिंहले १६, मोनांक पटेल र आरोन जोन्सले ३ ।३ , सैतेजा मुकामल्लाहले २ जोडे । हरमित सिंह खाता नखोली आउट भए भने नोस्थस केञ्जिग शून्य रनमा नटआउट रहे ।

अमेरिकालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने करन के.सी. गुल्शन झा र रिजन ढकालले १ । १ विकेट लिए ।

यस पहिले डालसस्थित ग्रान्ड प्रेरीमा टस हारेर ब्याटिड. गरेको नेपालले पहिलो टी २० आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गरेको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । खेलमा दीपेन्द्रसिंह ऐरीले २८ रन, अनिल साह र आसिफ शेखले २७ । २७ रन, गुलशन झाले ११, कुशल भुर्तेलले १०,सोमपाल कामीले २ रन बनाए । करन के.सी.,आरिफ शेख र सागर ढकालले कुनै रन जोड्न सकेनन् ।

नेपाललाई रोक्ने क्रममा अमेरिकाका जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए ।

Share Now