Prakash Adhikari October 21, 2024

काठमाडौं, ५ कार्तिक । नेपाल आयल निगमले असोजको दोस्रो साता आएको बाढी र पहिरो पीडितलाई राहत तथा पुनस्थापना गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई रु तीन करोड रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा निगमका वरिष्ठ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Share Now