मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गर्ने; लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं, १२ कार्तिक । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ । साधारण शेयर निष्काशनको लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००/ अंकित दरका रु.१७ अर्ब ६१ करोड ५ हजार रकम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र मुनलाईट हाइड्रोपावरकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनन्त कार्कीले हस्ताक्षर गर्नुभएको छ ।
मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपािलकामा रहेका २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलबिद्युत आयोजना निर्माणाधिन गरी हाल ७० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।