
विश्व पौडेल,अर्थविद्
सन १९२३ मा नेपाललाई वेलायतले स्वतंत्र राष्ट्रको मान्यता दियो। त्यसको ४ वर्ष पछी रक्सौलमा रेल आयो जुन अमलेखगन्जसम्म जोडीयो र यसरी नेपाल र भारत रेलले जोडीए। । यि दुबै घटना प्रधानमंत्री चन्द्र शंसेरको पालामा भएको थियो।
चन्द्र मेट्रिक पास गर्ने पहिलो प्रधानमंत्री थिए र आफुलाई ठुलो विद्वान र राष्ट्रवादी पनि ठान्थे। मुलुकमा उद्योग थिएन तर रेलले ल्याएको उमंगमा केही वर्षपछी सन १९३५ मा कम्पनी ऐन आयो र त्यो औद्योगिकिकरणको प्रथम तरंगमा २९ वटा भन्दा बढी उद्योगधन्दा र कम्पनी जुद्धशंसेरले स्थापना गरे। नेपाल वैंक लिमिटेड, बिराटनगर जुट उद्योगहरु त्यही मेसोमा स्थापना भएका हुन। पछी सम्म पनि रेलको बाटो बिरगञ्ज -अमलेखगन्ज मै धेरै फैक्ट्री खुले।
त्यसरी संसारसँग नेपाललाई जोड्ने, उद्योगको मुल फुटाउने, नेपाललाई स्वतन्त्र राख्ने जस्ता काम गरे पनि किन चन्द्र शंसेरलाई मानिसले गाली गरिराख्छनरु किनकी यि कुराहरु शासनको लक्ष हैनन, खाली सम्भावित साधन मात्र हुन। हाम्रो शासनको लक्ष सम्पन्न नेपालको निर्माण हो, जसमा चन्द्र र उनका खलक असफल भए। मुलुकका अरु जनतालाई नगनेर आफ्ना वरिपरिका मान्छेलाई सम्पन्न गराएकोले चन्द्र र जुद्धलाई मान्छेले बिर्सेंका हुन।
भारतलाई रेलले छोएको १०० वर्ष पछी चीनलाई हामीले रेलले छुने संभावना बढेको छ।
भारतले नाकाबन्दी गरेर दुस्ख दिइरहेकोले रेल आइदिए हुन्थ्यो भन्ने सबै नेपालीलाई छ। त्यसैले यो रेललाई कसरी सफल बनाउने ताकी यसले अमलेखगन्जको नियती नभोगोस भन्नेमा रेल बनाउनुअघी नै सोच्नुपर्छ। विरगन्ज पथलैया कोरिडोरमा उद्योगधन्दा खुल्दा र भारतका करोडौ जनसंख्यासम्म यती सजिलो पहुँच हुँदा त त्यो रेल चल्न सकेन भने चीन जोड्ने रेल खाली फर्किने र चाँडनै बन्द हुने संभावना कम भने छैन।
यसलाई संबोधन गर्ने एक मुख्य उपाय भनेको केरुङ देखी विरगन्ज सम्म विशेष आर्थिक क्षेत्र घोषणा गरेर यहाँँ लगानी गर्ने चिनिया र भारतीयहरुलाई नेपाली लगानिकर्ता सरह सुविधा दिने घोषणा गर्नु हो । नत्र यो रेल ले के बोक्ने र कसरी आफ्नो खर्च उठाउने हो भन्ने प्रश्न मूल भैदिने छ।
केही महिना पछी हामीलाई अर्को एक प्रश्नले अप्ठेरो बनाउने भने छ। यदी केरुङ(काठमाण्डु रेललाई ४ अरब डलर लाग्ने र चीनले सित्तैमा नबनाइदिने भनेर गरेको हल्ला सहि हो भने त ४ अरबमा केही थपेर बरु काठमाडौं निजगढ, काठमाडौं केरुङ, काठमाडौं पोखरा, बिरगञ्ज(नारायणगढ, पोखरा बुटवल र काकडभिट्टा(इटहरी कोरिडोरमा फास्ट ट्र्याक बनाए मुलुकको मुहार कायापलट हुन्छकी भन्ने धेरैलाई लाग्न सक्छ । केरुङसम्म राम्रा चिनियाँ रोड आइसकेको परीप्रेक्ष्यमा हाम्रो तत्कालिन उत्तरतर्फको कनेक्टिभिटिको लक्ष केरुङ, केरला, किमाथाँकासम्मको सडकले पनि पुरा गर्न सक्ला।
(फेसबुक वालबाट)