Prakash Adhikari June 23, 2018

 

मस्को(रुस), ९ असार । विश्वकप फुटवलमा समूह ‘जी’मा रहेका बेल्जियम र ट्युनिसियाको बीच  सम्पन्न खेलमा बेल्जियम ५-२ ले विजयी भएको छ ।
खेल सुरू भएको ११ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई बेल्जियमले गोलमा परिणत गरेर सुरआती अग्रता दिएको थियो । बेल्जियमका लागि इडन हजार्डले सो गोल गरे ।

खेलको १६ औं मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे।

१६ मिनेटभित्र २-० ले पछि परेको ट्यूनिशियाकालागि खेलको १८ औं मिनेटमा डिलान ब्रोनले गोल गरेका थिए।

२-१ को नतिजापछि दुबै टिमले एकअर्को पोस्टमा निरन्तर आक्रमण बनाएका थिए तर खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा बेल्जियमका लुकाकुले तेश्रो गोल गरेपछि ट्यूनिशियामाथि फेरि दबाब थपियो।

पहिलो हाफमा ३-१ले पछाडि परेको ट्यूनिशियाका लागि दोश्रो हाफ झन दबाबपूर्ण रह्‍यो। दोश्रो हाफको ५१ औं मिनेटमा उसले बेल्जियमका हजाडबाट चौथो गोल खायो।

४-१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले खेलमा फर्किने प्रयास गर्दै विपक्षी बेल्जियममाथि आक्रमण गरिरहे पनि गोल भने गर्न सकेनन्।

यस्तैमा ४-१ को हारतर्फ बढिरहेको झै देखिएको ट्यूनिशियाले खेलको ९० औं मिनेटमा पाँचौ गोल खायो। बेल्जियमका बात्सुयाइले गरेको सो गोलले बेल्जियम थप जीतको नजिक पुग्‍यो।

यसअघि पनि बात्सुयाइले गोल गर्ने सुन्दर केहि मौकाहरू गुमाएका थिए।

यसरी ५-१ गोलको अन्तरमा रहेको ट्यूनिशियाका लागि खजारीले खेलको अतिरिक्त समयमा सान्त्वना गोल गरे र बेल्जियमसँगको हारलाई ५-२ मा झारे।

पहिलो खेलमा पानामालाई ३–० ले पराजित गरेको बेल्जियम आजको खेलमा विजयी भएसँगै नकआउट चरणमा प्रवेश गरेको छ भने ट्युनिसियाको विश्वकप यात्रा समूहचरणबाट सकिएको छ ।

Share Now

Leave a comment.