Prakash Adhikari June 23, 2018

अदिस अबाबा(इथियोपिया) ९ असार(बीबीसी) ।   इथियोपियाका प्रधानमन्त्री आबी अहमदले राजधानी अदिस अबाबामा एउटा राजनीतिक र्‍यालीमा भएको विस्फोटलाई एउटा असफल हमला भन्दै निन्दा गरेका छन्।

पछिल्लो घटनालाई अहमदले ‘इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन्।

प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले उक्त विस्फोटमा ८० जना भन्दा बढी घाइते भएको र कैयौंको अवस्था गम्भीर रहेको बताएका छन्।

तर मानिसको मृत्यु भएको/नभएकोबारे चाहिँ उनले कुनै प्रतिक्रिया दिएनन्।

आलोचना
राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए।

प्रधानमन्त्री आबी अहमदलाई उनको भाषणलगत्तै सुरक्षित तवरले अन्यत्र लगिएको थियो।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेको दुई महिनामा उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेका छन्।

मानवअधिकार उल्लंघन भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेका थिए।

गुनासो
गत फेब्रुअरीमा आफ्ना पूर्ववर्तीले अनेपक्षित ढङ्गले राजीनामा दिएपछि अहमद प्रधानमन्त्री बनेका थिए।

अहमद देशको जातीय समूह ओरोमोबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्।

कैयौंको ज्यान जाने गरी करिब तीन वर्ष भएका सरकारविरोधी प्रदर्शनको केन्द्रमा उनी थिए।

आफूहरू ठूलो जातीय समूह भइकन पनि राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा सीमान्तकृत बनेको गुनासो उनीहरूको थियो।

Share Now

Leave a comment.