Prakash Adhikari November 25, 2024

 

तेलअभिभ(इजरायल), १० मंसिर । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरायलले उहाँका हत्यारालाई खोजी गरिररहेको जनाएको छ।

आइतवार ‌रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छस् “तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरेलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।”

उक्त हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतवार साँझ पुष्टि गरेको छ।

रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुनुहुन्थ्यो।

गत बिहीवारदेखि उहाँ बेपत्ता भएपछि इजरायली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए।

घटना
इजरायलले जारी गरेको विज्ञप्तिमा आफ्ना अधिकारीहरू ती इजरेली(मोल्डोभान नागरिकका परिवारसँग उहाँ बेपत्ता भएदेखि नै सम्पर्कमा रहेको जनाइएको छ।

तिस्भी कोगानको घरभन्दा एक घण्टा पर गाडी चलाएर पुगिने दूरीमा उहाँको अलपत्र कार फेला परेपछि उहाँको शवको पत्तो लागेको हो।

इजरायली राष्ट्रपति आइज्याक हर्गजले उहाँको हत्यालाई एउटा घृणित, यहुदी विरोधी हमला बताउनुभयो।

मोसादका अनुसन्धानकर्ताहरूले रबाइको मृत्युमा जिम्मेवार मानिसहरूको पहिचान गर्न लागिपरेका छन्।

हबाद एक धार्मिक फाउन्डेसन हो। त्यसले कतै नढल्किएका र निरपेक्ष वा यहुदी धर्मका अन्य हाँगाबिँगा समूहसँग सम्बन्ध कायम राखिराख्न खोज्छ।

उक्त समूहको यूएईमा रहेको शाखाले हजारौँ यहुदी यात्रु र बासिन्दाहरूलाई सघाउने उसको वेबसाइटमा उल्लेख छ।

रबाइ कोगान यूएईमा के गर्थे?

२८ वर्षीय रबाइ कोगान अन्य हबाद प्रतिनिधिहरूसँग मिलेर उक्त एमिरेट्समा यहुदी जीवनको स्थापना र विस्तारको काम गरिरहेको उक्त सङ्गठनले जनाएको छ।

इजरायली सेनामा काम गरिसक्नुभएका उहाँले दुबईमा कोशेर सुपरमार्केट समेत व्यवस्थापन गर्ने गर्नुहुन्थ्यो।

हबाद लुबाभित्सका अध्यक्ष रबाइ यहुदा क्रिन्स्कीले भन्नुभयो, हामीलाई त्यस क्षेत्रका देशहरूसँग मिलेर काम गर्दै यूएईले दोषीलाई न्यायको दायरामा ल्याउँछ र यो प्रस्ट रूपमा दृष्ट कार्यमा संलग्न सबैलाई जिम्मेवार बनाउँछ भन्नेमा विश्वास छ।ू

इजरायली सरकारले एउटा यात्रा सजगता सूचना जारी गर्दै आफ्ना नागरिकहरूलाई अत्यावश्यक कारणबाट युएई यात्रा नगर्न भनेको छ।

इजरायलले युएईमा आतङ्कवादी गतिविधिू रहेको र त्यसले उक्त देशमा बस्ने र पुग्ने इजरेलीलाई वास्तविक रूपमा खतरामा पार्ने जोखिम रहेको जनाएको छ।

अब्राहम सम्झौताका रूपमा परिचित अमेरिकाले मध्यस्थता गरेको एक सम्झौता अन्तर्गत अबुधाबीले इजरायलसँग औपचारिक सम्बन्ध स्थापना गरेको थियो।

गाजामा इजरेल(हमास युद्ध जारी रहँदा समेत उसले द्विपक्षीय सम्बन्ध कायम राखेको छ।

Share Now