काठमाडौँ, ३ पुस : नेपाल चेम्बर अफ कमर्सले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई अनुरोध गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले देशमा वैदेशिक लगानी भित्र्याउन तथा निर्यात सहजीकरणका निम्ति आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
मुलुकको दिगो आर्थिक विकासका लागि आर्थिक कूटनीति महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले यहाँ उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै पर्यटन, जलस्रोत, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानी आवश्यक छ भन्नुभयो ।
त्यस अवसरमा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्टे«लियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा जङ्गबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, श्रीलङ्काका लागि डा पूर्णबहादुर नेपाली, मलेसियाका लागि डा नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि सनील नेपालको उपस्थिति थियो ।
काठमाडौँ, १५ भदौः भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, १५ भदौः हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]