Prakash Adhikari July 1, 2018

मस्को(रुस),१६ असार । उरुग्वेले नकआउट चरणमा पोर्चुगललाई पराजित गरेको छ।

उरुग्वेले पोर्चुगललाई २-१ गोल अन्तरले पराजित गरेको हो।

उरुग्वेका लागि दुवै गोल काभानीले गरेका हुन्। खेलको म्यान अफ द म्याच काभानीले खेलको सातौँ मिनेटमा गोल गरेका थिए। उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरे।

पोर्चुगलका लागि पेपेले गोल गरेका थिए। उनले ५५ओँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए। तर त्यो बराबरीलाई काभानीले धेरै समय टिक्न दिएनन्।

खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल पनि गर्न सकेनन्। समूहचरणमा रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।

त्यस्तै विजेता टिमका स्टार खेलाडी लुइस सुवारेजले पनि गोल गर्न सकेनन्। उनले केही राम्रा अवसर सिर्जना गरेपनि पोर्चुगलको डिफेन्सलाई चिरेर गोल गर्न उनी पनि असमर्थ रहे।

पोर्चुगललाई पराजित गरेर क्वाटरफाइनलमा पुगेको उरुग्वेले अब फ्रान्सको सामना गर्ने भएको छ। नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेर फ्रान्स क्वाटरफाइनल पुगेको हो।

क्वाटर फाइनलको पहिलो खेल उरुग्वे र फ्रान्सबीच असार २२ गते हुने भएको छ ।

Share Now

Leave a comment.