काठमाडौं, १३ माघ। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने छ ।
बैठकमा सरकारले गरेका कामहरुको बारेमा संसद्हरुलाई जानकारी दिइनुको अलवा हिउँदे अधिवेशनमा पार्टीले अख्तियार गर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसदीय दलको बैठक दुई दिन चल्ने जानकारी दिनुभएको छ । उहाँले सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको जानकारी दिनुभएको छ ।
संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएको छ ।
शनिबार पार्टीको पदाधिकारी र मन्त्रीहरूबीच छलफल भएको थियो । सो छलफलका क्रममा
कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का भएर उभिन सबैलाई निर्देशन दिनुभएको थियो ।