
पोखरा (कास्की) । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्वविजेता एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच भिडन्त हुने भएको छ ।
एपीएफ र मच्छिन्द्रबिचको खेल पोखरा रंगशालामा खेल दिउँसो २ः३० बजे सुरु हुनेछ। आहा रारामा दुई टिमबीचको यो दोस्रो भेट हो ।
यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपीएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको त्यो भेटमा एपीएफले मछिन्द्रलाई ३ १ ले हराएको थियो। त्यो संस्करणमा एपीएफ नै पहिलो पटक आहा गोल्डकपको उपाधि जितेको थियो। मच्छिन्द्र भने अहिले सम्म प्रतियोगिताको फाइनल पुगेको छैन।
यसअघि २३ पटक आहा रारा गोल्डकप आयोजना हुँदा ७ वटा टोलीले मात्र उपाधि जितेका छन् । नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म सर्वाधिक समान ६ । ६ पटक, थ्री स्टार क्लबले ५ पटक, संकटा क्लबले २ पटक उपाधि जितेका छन । आयोजक सहारा क्लब पोखरा, अफ्रिकन युनाइटेड, एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबले समान १ । १ पटक जितेका छन्।
मनाङ र अफ्रिकन युनाइटेड बाहेक अहिलेसम्मका सबै विजेता जारी २४ औं संस्करणमा सहभागी छन् । ३ पटक फाइनल खेलेर एक पटक च्याम्पियन बनेको आयोजक सहारा यस पटक पहिलो खेलबाटै बाहिरिएको छ।
सहारा मंगलवार भएको उद्घाटन खेलमा पुलिससँग १ ० पराजित भएको थियो। नकआउटका आधारमा जारी प्रतियोगितामा यसपटक ३ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।