Prakash Adhikari February 20, 2025

 

नवीनतम एलजी वाशिङ मेसिन मा समावेश एआई डाइरेक्ट ड्राइभ™ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ। ६ मोशन डाइरेक्ट ड्राइभ™ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।
एलजी वाशिङ मेसिनका प्रमुख विशेषताहरू:

✅ स्टीम™ प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी।
✅ टर्बोवाश™ ३६०° – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया।*
✅ नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी।
✅ थिनक्यू™ स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै संचालन गर्न सकिने।
✅ पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त।
✅ टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी, र बलियो संरचना।

“एलजी सधैं नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ। नेपालकै सबैभन्दा विश्वासिलो वाशिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हाम्रो लागि गर्वको विषय हो। यसले हाम्रा ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्दछ ।

चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० + देशमा उपलब्ध छन्।

 

Share Now