
काठमाडौं, ८ फागुन । नेपाल एसबिआई बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि स्कुल ब्यागसहित शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका बिच उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १ सय २३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत नेपालका ग्राहकहरुलाई अत्याधुनिक, भरपर्दो र विश्वसनीय बैंकिड. सेवा प्रदान गर्दै आइरहेको छ