
काठमाडौँ, ११ फागुनः नेपाल भैरहेको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाली चेलीहरु उपाधिको लागि म्यानमारसंग भिड्दै छन् ।
नेपाल र म्यानमार बिचको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ । फाइनल खेल उक्त खेल साँझ ६ बजे सुरु हुने निर्धारित समय तालिका छ ।
गत फागुन ८ गते भएको खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको हो । उसले पनि सोहि दिन भएको खेलमा किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजत गरेको थियो ।
चार देश सहभागी प्रतियोगितामा आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तान तेस्रो स्थानका लागि भिड्दै छन् ।