
चौधरी समूहको एक प्रमुख डिभिजन CG इलेक्ट्रोनिक्सले हालै कम्पनीको प्रमुख ब्राण्ड CGको लागि पूर्वी नेपालमा ” CG Meridia लेभल अप !” बिषयवस्तुमा आधारित डिलर मिट भव्य रुपमा आयोजना गरेको थियो । २०८१ साल फागुन ९ गते विराटचोकस्थित होटल नेपालीरिकामा आयोजित सो कार्यक्रम मूलतः नवप्रवर्तनमा केन्द्रित थियो र सर्लाहीदेखि काँकडभिट्टासम्मका क्षेत्रका आफ्ना डिलरहरुलाई व्यवसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिहरुबारे छलफल गर्न एकसाथ ल्याएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले कार्यक्रमको संबोधन प्रेरणादायी सन्देशबाट सुरु गर्नुभएको थियो ।उहाँले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्वमा जोड दिनुभयो जसमा उहाँले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता र प्रतिबद्धतालाई प्रकाश पार्नुभएको थियो ।
मिटका सहभागीहरुले अन्तरक्रियात्मक सत्रहरुमा भाग लिने अवसर पाएका थिए, जहाँ उनीहरुले CGको उत्पादन लाइन अपमा भएका पछिल्ला प्रगतिहरुबारे छलफल गरे । त्यसका साथसाथै मिटमा ग्राहकहरुको सन्देश भिडियोहरु पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कम्पनीले CG Meridia अन्तर्गत अत्याधुनिक प्रविधि र उच्च गुणस्तर मापदण्ड नयाँ उत्पादनहरु प्रदर्शन पनि प्रस्तुत गरेको थियो । जसमा कार्यक्रमको प्रमुख आकर्षणहरु नेपालको सबैभन्दा ठूलो र पहिलो CG Meridia QLED+ १०० इन्च मेगा स्क्रिन टेलिभिजन, नेपालको पहिलो CG Meridia ५५ इन्च CG Meridia QLED+ 4K कराओके टिभी, ८ किलोग्रामको सीजी मेरिडिया नाइट सिरिज DD मोटर वाशिड. मेसिन, IOT CG मेरिडिया इन्भर्टर सिरिज १ टन १.५ टन एअर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च गरेको थियो ।
व्यापारिक छलफलका अतिरिक्त कार्यक्रमले डिलरहरुको उपलब्धि र योगदानको उत्सव मनाउँदै बैठक एक भव्य रात्रिभोजको साथ समाप्त गरेको थियो ।
कम्पनीका अनुसार CG आफ्ना ग्राहकहरुलाई असाधरण उत्पादनहरु र सेवाहरु प्रदान गर्न र आफ्ना डिलरहरुसंग सधैं बलियो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको छ ।कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन भविष्यमा यस्तै कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिएको छ ।