
किंग सिटी(क्यानडा), २६ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले क्यानडामा भैरहेको क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिगमा अर्को उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगिता अन्तरगत मंगलबार भएको दोस्रो चरणको पहिलो खेलमा सन्दीप सम्मिलित मोन्ट्रेल टाइगर्सले वेष्टइन्डिज ‘बी’लाई ६ विकेटले हराएको छ।
दोस्रो चरणको खेलमा वेष्टइन्डिजले पहिले ब्याटिङ गर्दै दिएको १६३ रनको लक्ष्य ४ विकेट गुमाएर १५ बल बाँकी छँदै पुरा गर्यो।
सन्दीपको टीम मोन्टेरियल टाइगर्सले टस जितेर फिल्डिड. रोजेको थियो ।
मोन्टेरियल टाइगर्सका लागि सुनिल नरानेले सर्वाधिक ६१ रन बनाए। २५ बल खेलेका उनले ९ छक्का र १ चौका प्रहार गरेका थिए।
यस्तै मोएसिस हेनरिक र सिकन्दर राजाले समान ३२-३२ रन बनाए। ३ छक्का र २ चौका प्रहार गरेका राजा नटआउट रहे।
यस्तै जर्दानले १२ बलमा ४ छक्कासहित २९ रन बनाए।
वेष्टइन्डिजका लागि पिर्रेले २ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिज बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।
क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिग अन्तर्गत मंगलबार भइरहेको खेलमा सन्दीप ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर ३ विकेट लिएका हुन्।
सन्दीपले वेष्टइन्डिजका तीन ठूला ब्याट्समेनलाई आउट बनाए। सर्वाधिक ६२ रन बनाएका सामिर स्प्रिङ्गरलाई सन्दीपले वर्करको हातबाट क्याच गराए।
यस्तै २३ रन बनाएका एबि किङ्सलाई पनि सन्दीपले बोल्ड आउट बनाए।
सन्दीपले निकोलाश पुरानलाई २५ रनमा वर्करकै हातबाट क्याच आउट गराए।
टाइगर्सका लागि क्यानेडियन सेसिल परवेजले २ तथा हेलिगर र मालिङ्गाले १-१ विकेट लिए।
जारी प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो।
सन्दीपले खेलेको अघिल्ला चार खेलमा खेलमा ५ विकेट लिएका थिए।
सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए। डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए। तेस्रो खेलमा पनि सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए।
क्यानाडामा जारि ग्लोबल टि२० लिगमा हरेक टोली दोस्रो चरणमा पुग्ने तवरले खेल तालिका निर्धारण गरिएको छ ।
प्रत्येक टिमले दोश्रो चरणमा पुनः एक खेल खेल्ने प्रावधान अनुरुप पहिलो चरणको अन्तिममा रहेको मोन्टरियल टाइगर्सले शिर्ष स्थानमा रहेको वेस्ट इन्डिज ‘बि’सँग खेल्न लागेको हो। यसतै अन्य खेलहरुमा दोश्रो स्थान र पाचौँ स्थान तथा चौथो स्थान र तेस्रो स्थानका टिमहरु भिड्नेछन् ।
Global T20 Canada Table – 2018
TEAM | M | W | L | T | N/R | PT | NRR | FOR | AGAINST |
---|---|---|---|---|---|---|---|---|---|
1![]() |
6 | 4 | 1 | 0 | 1 | 9 | 1.417 | 834/90.1 | 778/99.2 |
2![]() |
6 | 4 | 2 | 0 | 0 | 8 | 0.403 | 934/109.1 | 958/117.3 |
3![]() |
5 | 2 | 2 | 0 | 1 | 5 | 0.277 | 651/74.3 | 660/78.0 |
4![]() |
5 | 2 | 3 | 0 | 0 | 4 | 0.444 | 877/100.0 | 791/95.0 |
5![]() |
6 | 2 | 4 | 0 | 0 | 4 | -0.322 | 959/117.3 | 1011/119.1 |
6![]() |
6 | 2 | 4 | 0 | 0 | 4 | -1.897 | 918/119.2 | 975/101.4 |
प्ले अफमा भने दोस्रो चरणसम्मका पहिलो र दोस्रो, तेस्रो र चौथो अनि पहिलोको पराजित र दोस्रोको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।
यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।