Prakash Adhikari July 11, 2018

काठमाडौं, २७ असार । आगामी आर्थिक वर्ष २०७५र७६ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बुधबार काठमाडौंको होटल र्याडिसनमा नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति ल्याएको बताएका छन् ।

https://www.facebook.com/Merolagani/videos/2006035959430361/

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिका मुख्य प्रावधानहरु यस्ता छन् :

  • राष्ट्रिय अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने
  • बजेटसँग तारतम्य मिल्ने मौद्रिक नीति
  • विगत दुई बर्षयता मुद्रा स्फिर्तिदर नियन्त्रणमा
  • बैंक तथा वित्तीय संस्थाको कूल शाखा संख्या ६ हजार ४१८
  • ब्याजदर स्थायित्वमा केन्द्रित हुने
  • ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, ६।८ प्रतिशतमा मुद्रास्फिीत सिमित राख्ने
  • अनिवार्य नगद मौज्जाद अनुपात सबै वित्तीय संस्थाको ४ प्रतिशत कायम
  • सिआरआर ४ प्रतिशतमा झारेपछि यसबाट थप ४८ अर्ब तरलता थपिने
  • भारतीय मुद्रामा समेत बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशत ऋण लिन पाउने

(पूर्णपाठका लागि तल क्लिक गर्नुहोस 🙂

https://drive.google.com/open?id=1ju_s-zxo_8WflpniuJ_fJkbZBgzq8Nlj

  • वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत धितोपत्र कारोबार गर्न दिइने
  • विदेशी बैंकको शाखा नेपालमा खोल्ने व्यवस्थाको पुनरावोलकन गरिने
  • पुर्नकर्जा कोषको सीमा ३५ अर्ब पुग्यो
  • स्प्रेडदर घट्यो ४।५ प्रतिशत कायम
  • माध्यमिक तहका बिधार्थिलाई बैंक खाता खोल्न प्रोत्साहन गरिने
  • निक्षेपको सुरक्षण ३ लाख पुग्यो
  • बाणिज्य बैंकहरुलाई गाभ्ने गाभिने कार्यलाई थप प्रोत्साहन गरिने
Share Now

Leave a comment.