Prakash Adhikari February 28, 2025

 

चौतारा (सिन्धुपाल्चोक), १६ फागुन । आज बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भूकम्प आएपछि आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको जानकारी दिनुभएको छ । घाइते कैदीको जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको छ ।

यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको उहाँले जानकारी दिनुभएको छ ।

भूकम्पका कारण भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।

सिन्धुपाल्चोकमा साना ठूला थुप्रै जलविद्युत आयोजना भएपनि तिनीहरुमा क्षति पुगेको विवरण आएको छैन ।

भूकम्पको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।

शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

अत्यावश्यक ड्युटी बाहेकका सबै जना मस्त निद्रामा भएको बेला गएको भूकम्पको धक्का नेपालको बागमती,कोशी र मधेश प्रदेशका जिल्लामा मात्र नभएर सीमावर्ति भारतका जिल्लाहरुसम्म महशुस भएको थियो ।

Share Now